परराष्ट्रमन्त्री र भारतीय समकक्षीबीच भयो यस्तो कुराकानी

काठमाडौँ, पुस २६ । बिहीबार बिहान दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिउँसो भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

भारतीय राजधानीमा आयोजना हुने बहुपक्षीय सम्मेलन ‘रायसिना डायलगको चौथो संस्करणमा भाग लिन दिल्ली आइपुगेका मन्त्री ज्ञवालीले यस संस्करणको मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस अघि उनले भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो साथै विगतमा भएका सम्झौतामध्ये कार्यान्वयनमा जान नसकेका विषयमा ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराएका छन्।

साथै परराष्ट्रमन्त्री ज्ञवालीले एउटा देशको उत्थानलाई कुनै अर्को देशको निम्ति खतराको रूपमा नहेरिनुपर्ने बताएका थिए । भारतीय समकक्षीसँगको कुराकानीमा ज्ञवालीले नेपालको कुनै पनि देशसँग आरिस नभएको समेत प्रष्ट पारे ।

नेपालीहरू सधैँ शान्तिप्रिय रहेको र आफूहरू विश्वमा हुने कुनै पनि सैन्य गुटउपगुटको पक्षमा नरहेको भन्दै मन्त्री ज्ञवालीले विश्व परिदृश्यमा भारत र चीनको उदयको फाइदा छिमेकी देशहरूले समेत उठाउनसक्ने कुरामा जोड दिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!