महाकाली नदीमा पहिलो पटक र्‍याफ्टिङ

महेन्द्रनगर, पुष २६ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीमा पहिलाे पटक साहसिक जलयात्रा ‘र्‍याफ्टिङ’ गराएको छ । भीमदत्त नगरपालिका ९ मुसेट्टीदेखि खल्लासम्म पहिलो पटक परीक्षणका रुपमा र्याफ्टिङ्ग गरिएको हो । गत आर्थिक वर्षमा नदीमा र्याफ्टिङ्ग सञ्चालनका लागि स्थलगत अध्ययन गरिएको थियो ।

महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवद्र्धनका लागि महाकाली नदीमा र्याफ्टिङ्ग परीक्षण गरिएको छ । महाकाली नदीमा पहिलो पटक परीक्षण गरिएको हो । भारतीय पक्षले नदीमा र्याफ्टिङ्ग सञ्चालन गर्दै आए पनि नेपालले हालसम्म चलाउन सञ्चालन गर्न सकेको थिएन् ।

भीमदत्त नगरपालिकाले विशिष्ठ व्यक्तिको सहभागितामा पहिलो पटक परीक्षणका रुपमा नदीमा र्‍याफ्टिङ गराएको छ । नेकपाका सुदूरपश्चिम अध्यक्ष एवम् पूर्ण उद्योग मन्त्री कर्ण बहादुर थापा, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, डडेल्धुराका पूर्व सभापति गजेन्द्र शाही सहित सहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहभागी भएका छन् ।

उनीहरु सहित भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह, कार्यपालिका सदस्य गीता ओली, वडा अध्यक्षहरु परमानन्द जोशी, लाल बहादुर शाही, पत्रकारहरुले मुसेट्टीबाट खल्लासम्म र्‍याफ्टिङ गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, नेपाली सेनाका मेजर विदुर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक विनोद श्रेष्ठ जलायात्रामा सहभागी भए ।

‘महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा केही काम गर्न खोजेका छौ, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका छौ’ नगर प्रमुख विष्टले भने, ‘महाकाली नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न परीक्षणका रुपमा यो कार्य गरिएको छ, यसलाई आगामी दिनमा निरन्तरता दिने लक्ष्य लिएर अघि बढेका छौ ।’

महाकाली नदीमा साहसित्र जलयात्रा सञ्चालनका लागि मुसेट्टीसम्म सहज पहुँच मार्ग र नीति नियम बनाएर निरन्तरता दिइने बताए । ‘आज सफल परीक्षण गरिएको छ, आगामी दिनमा निरन्तरता दिने गरी कार्यक्रम बनाउँछौ’ उनले भने ।

कैलालीको कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लि.ले नदीमा तीन बोटमा पूर्व मन्त्री थापा सहितका सहभागीलाई चढाएर साहसित्र जलयात्रा गराएको छ । महाकाली किनारमा पूर्व उद्योग मन्त्री थापा सहित सहभागी सबैले गोलो घेरा बनाएर महाकाली नदीको बहुउपयोग गरी समृद्ध भीमदत्त बनाउने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै र्याफ्टिङ्ग सुरु गरिएको हो ।

पूर्व मन्त्री थापा, सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावल र भीनपाका मेयर विष्टको नेतृत्वमा छुट्टाछुट्टै बोटमा यात्रा गरिएको छ । नेकपाका प्रदेश अध्यक्ष एवम् पूर्व मन्त्री थापाले भीमदत्त नगरपालिकाले सुरु गरेको साहसित्र जलयात्रा नगर र देश विकासका लागि महत्वपूर्ण हुने भएकाले प्रशंसा व्यक्त गरे ।

‘साहसिक जलयात्रा महत्वपूर्ण खेल हो, यो पनि समृद्धिको आधार हो, त्यसैले समृद्धिका आधार पहिल्याउने र त्यसमा जाने हो’ उनले भने,‘नगर र देश विकासका लागि गरिएको यो यात्राको उच्च प्रशंसा गर्दछु ।’

राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै उनले अनावश्यक विवाद गरी विकासलाई अवरोध गर्न नहुनेमा जोड दिए । ‘अहिले अनावश्यक विवादमा अल्झिने समय होइन, जल, नदी, वनको उपयोग गरी विकास समृद्धि ल्याउने हो, संसारका विकसित देशहरु तिनै स्रोतको प्रयोगले भएका हुन्’ उनले भने,‘त्यसैले हामी पनि सबै सम्भावना प्रयोग गरी विकसित हुन हो ।’

महाकाली नदीमा गरिएको साहसित्र जलायत्रा नयाँ कामको सुरुवात गरिएको उल्लेख गर्दै उनले भीमदत्तको समृद्धिमा सहयोग पुग्ने बताए । सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री रावलले महाकाली नदीमा साहसिक जलयात्राले भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए ।

‘हिजोसम्म महाकाली नदीको ढुङ्गा, बालुवा मात्रै प्रयोग गरियो, त्यसको बहुउपयोग सिद्धान्त अनुसार आज र्याफ्टिङ्गको परीक्षण गरिएको छ, यो नयाँ काम हो’ उनले भने, ‘यसबाट भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ, त्यसले पर्यटन प्रवद्र्धन हुन्छ, स्थानीको जीवन स्तरमा सुधार आउँछ ।’

सकारात्मक सोचका साथ अघि बढे समृद्ध आउने उल्लेख गर्दै मन्त्री रावलले साहसिक जलयात्रालाई पर्यटनका रुपमा विकास गर्न प्रदेश सरकार सहयोग गर्ने बताए । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै भीमदत्तको समिद्धिमा सबैको सहयोग पाउने आशा व्यक्त गरिन् । साहकि जलयात्रामा सहभागीहरुलाई मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयमा स्थानीयले फूलमाला र टिका लगाएर स्वागत गरे ।

नदी किनारमा र्याफ्टिङ्ग हेर्न खल्ला, टुँडिखेल र ब्रह्मदेबका स्थानीय नदी किनार पुगे । मुसेट्टीका स्थानीय विर बहादुर चन्दले महाकाली नदीमा गरिएको र्याफ्टिङ्ग परीक्षणले खुसी लागेको बताए ।

‘निकै खुसी लागेको छ, गाउँको विकास हुन्छ, अब रोजगार पाइन्छ, आलु तरकारी बेचिन्छ’ उनले भने,‘मूला तरकारी बेचेर पनि गुजारा चलाउन सकिने आशा आयो ।’नदीमा र्याफ्टिङ्ग परीक्षणका लागि मुसेट्टीसम्म सडक निर्माण गरिएको छ ।

साहसित्र जलयात्रामा नेकपा नेता नर बहादुर विश्वकर्मा, नन्दलाल चटौत, कर्ण बहादुर चन्द, काँग्रेसका नेता केशव सिह नायक, भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, ५ का अध्यक्ष मदन बहादुर चन्द, भीनपाका इन्जिनियर हिमालय सिह ऐर, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतका सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!