पृथ्वी जयन्तीमा उपमहानगरमा सार्वजनिक बिदा

बाँके, पुष २६ । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको विहीबार बसेको बैठकले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले पृथ्वी जयन्तीलाई बेवास्ता गरिरहेका बेला उपमहानगरपालिकाले आफ्नो मातहतका कार्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!