कृषि क्षेत्रमा क्रान्ति ल्याउदैछौ – राज्य मन्त्री चौधरी

काठमाडौ,पुष २६।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले कृषि क्षेत्रमा क्रान्ति ल्याउने बताएकी छिन।

बाकेको नेपालगन्जमा ए.जि.सर्भिस प्रा.ली.द्वारा आयोजित कृषि पर्यटन व्यपार तथा बृहत साँस्कृतिक महोत्सव – २०७५ जो उदघाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्र प्रतिको बुझाइ गलत भएको कारणले पहिला सोचमा परिवर्तन ल्याउनु पर्ने बताइन ।अहिले पनि ठूलो हिस्सामा किसानहरु परम्परागत तरिकाले खेती गरिरहेकाले यसमा आमूल परिवर्तन ल्याउनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले परम्परागत खेती प्रणालीमा सुधार गरि आधुनिकीकरण ,अौजारीकरण र व्यवसायीकरण तर्फ लाग्न सबैलाई अनुरोध गरेकी छिन ।परम्परागत खेती गरेकै कारणले कृषकको जिवनशैलीमा परीवर्तन आएन र युवाहरु बिदेशीन थाल्य युवा शक्तिलाई कृषिमा आकर्षित गर्न युवा लक्षित कृषि तालीम दिने कार्ययोजना रहेको बताउदै उक्त तालीममा खाने बस्ने व्यवस्था पनि सरकारले मिलाउने र सरकारले बिदेश बाट फर्केका युवाहरु , पढेलेखेका युवाहरु र बेरोजगार युवाहरुलाइ कृषि क्षेत्रमा केही गर्न चाहनेहरुलाइ सस्तो व्यजाजमा ऋण र अनुदान समेत प्रदान गर्ने उनको भनाइ छ ।

नेपालगन्जमा पहिलो पटक प्राइभेट सेक्टरले कृषि पर्यटन व्यपार तथा साँस्कृतिक महोत्सव २०७५ को आयोजना गरेकाले कृषि क्षेत्रको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन मदत पुगेको मन्त्री चौधरीको भनाइ छ।
कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकीहरु प्रदर्शन गरिएको थियो ।

२५० ओटा कृषि स्टल रहेको महोत्सव माघ ८ गते सम्म लाग्ने र लाखौंले अवलोकन गर्ने आयोजक समितिका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी गराएका छन ।

कमेन्ट गर्नुहोस्