चलचित्र ‘गरुड पुराण’ को मुख्य भूमिकामा नवनायिका प्रियंका

काठमाडौं, पुस २७ । यही माघ ४ गतेबाट प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘गरुड पुराण’ की नवोदित अभिनेत्री हुन् प्रियंका सिंह ।

उनले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । काठमाडौं, नयाँबानेश्वरकी प्रियंकालाई उनले अभिनय बफिन्स ९८ को म्यूजिक भिडियो अन्जानैमा… हेरेर निर्देशक ससवास कोइरालाले ‘गरुड पुराण’ मा डेब्यू गराएका हुन् ।

त्यसो त उनी त्यतीबेला टिक टक (म्यूजिकल्ली) मा निकै हिट थिईन् । त्यतीबेला सैयौं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोइरालालाई मन परेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो । प्रियंकाका भनाईमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो चलचित्रमा नहुँदो रहेछ, ‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह्रो पर्दो रहेछ’ उनले अनुभव सुनाईन् ।

चलचित्र गरुड पुराणमा उनीलाई सबैजसोले मन पराउँछन् । मुख्यतया फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो फिल्ममै आफूले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताईन् । प्रियंका स्वभावले कम बोल्न र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् ।

आफ्नो स्वभावभन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्, ‘गरुड पुराण’मा ज्योतिको भूमिका निर्वाह गरेपछि मैले आफूपनि त्यो चरित्रजस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्दैछन् ।’ पहिलो चलचित्रबाट निकै आशावादी प्रियंकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरुसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो । आफूलाई कर्मा, नाजिर, प्रविण सबैले अभिनय कार्यशालाको क्रममा धेरै कुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताईन् ।

म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियंका अहिले पुर्णरुपमा सिनेमामै आबद्ध छिन् । उनलाई यो बीचमा केही चलचित्रबाट प्रस्ताव आएको पनि थियो । तर पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफूस यही फिल्ममा व्यस्त रहेको यी नवोदित अभिनेत्रीले बताईन् । गरुड पुराणपछि उनी चलचित्र बृत्तमै अघि बढ्ने योजना सुनाउँछिन् ।

कमेन्ट गर्नुहोस्