हाँस्य टेलिचलचित्र ‘हर्के हल्दार’बाट छुट्टै पहिचान बनाउन सफल कलाकार इन्द्रदोङ्ग लामा खम्बे

काठमाडौं, पुस २७ । विगत डेढ दशकदेखि कलाकारिता क्षेत्रमा लागेर दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् । चर्चित कलाकार इन्द्र दोङ्ग लामा खम्बे ।

काठमाडौँ तारकेश्वर नगरपालिका चौगाउँका स्थायी बासिन्दा खम्बे सानैदेखि कलाकारितामा रुची राख्दै आएका थिए िसडक नाटक हुँदै आफ्नो कलाकारिता सुरु गरेका बहुप्रतिभाका धनी कलाकार इन्द्रदोङ्ग खम्बेले सुरुवाती दिनहरुमा नै नेपालका चर्चित तथा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सहकार्य गर्दै विभिन्न टेलिचलचित्रमा अभिनय गर्ने मौका पाएका थिए ।

मह चौतारी, विभिन्न सडक नाटक, प्रहरी अनुरोध, गाइजात्रा तथा मेला महोत्सवबाट कलाकारितालाई निरन्तरता दिदै आएका उनले पछिल्ला दिनहरुमा एकपछि अर्को चर्चित हाँस्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता निर्देशक तथा चर्चित पात्र समेत रहेका उनले टेली चलचित्र मार्फत नेपाली जन समुदाय माझ सदभाब, एकता तथा भाइचाराको संदेश समेत फैलाउदै आएका छन् ।

उनले हर्के हल्दारसँगै अर्को हास्य टेलिचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘झट्का’को समेत निर्माण तथा निर्देशन गर्दैछन् भने रमाइलो टेलिभिजनबाट प्रसारण हुने माइकल ज्याक्सन समेत निर्माण गर्दै आएका छन् ।

काठमाडौंको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेर विभिन्न म्युजिक भिडियो, टेलिचलचित्र, वृतचित्रहरु निर्माण गर्दै आएका बहुप्रतिभाका धनि कलाकार इन्द्रदोङ्ग लामा खम्बेले चाँडै नै नेपाली चलचित्रसमेत निर्माण गर्ने भएका छन् भने उक्त चलचित्रको निर्देशन शिव शर्माले गर्ने भएका छन् ।

संगीतमा समेत रुची राख्ने खम्बेले आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् भने चाँडै नै नयाँ तामाङ सेलो गीतको म्यूजिक भिडियोसमेत लिएर आउने भएका छन् । मिलनसार, हाँसिरहने मिजासिला स्वभावका कलाकार खम्बे अन्य कलाकार तथा प्राविधिकहरुको पनि प्रिय पात्रको रुपमा परिचित छन् ।

हेर्नुस हर्के हल्दार–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!