शुक्रबार बजारमा कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं, पुष २७ । साताको अन्तिम दिन अर्थान शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ६० हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन तोलाम ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार बजारमा चाँदी ताेलामा ७ सय ६५ कारोबार भएको थियो भने शुक्रबार तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!