विराटनगरमा अज्ञात वस्तु विस्फोटः एक बालकको ज्यान गयो, एक घाइते

विराटनगर, पुष २७ । मोरङको विराटनगर महानगरपालिमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको ज्यान गएको छ । महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा शुक्रबार दिउँसो स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको ज्यान गएको हो ।

विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते भएकी छन् । अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय अनिल मण्डलका अनुसार खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको हो । प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको बताएको छ । विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्