अमेरिकामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ, पुस २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटले मेक्सिकोको सिमानामा पर्खाल लगाउन बजेट पारित नगरे सङ्कटकाल लगाउने चेतावनी दिएका छन् । देशमा अवैध रूपमा भित्रिइरहेका आप्रवासीहरूलाई रोक्न भन्दै राष्ट्रपतिले मेक्सिकोको सीमामा पर्खाल लगाउन माग गरेको ५.७ अर्ब डलर त्यहाँको संसदले उपलब्ध नगराएपछि राष्ट्रपतिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले आफ्नो विवादित पर्खाल-योजनाका लागि समर्थन जुटाउन बिहिबार टेक्सासको भ्रमण गरेका थिए । यस भ्रमणका क्रममा पत्रकारहरूले उनको आगामी कदमका बारेमा सोधेका थिए ।

उनले त्यस प्रश्नको उत्तर दिने क्रममा अफ्फोले छिट्टै यसबारे महत्वपूर्ण निष्कर्षमा पुग्ने समेत बताए । राष्ट्रिय संकटकाल घोषणा गरेर बजेट विनियोजन गर्नु तुलनात्मक रूपमा कम खर्चिलो उपाय भएकाले आफूले यस्तो गर्न सक्न ट्रम्पले संकेत दिएका थिए ।

ट्रम्ले बुधवार एउटा सम्बोधनको क्रममा राष्ट्रिय संकटकाल घोषणा अबको अन्तिम विकल्प रहेको बताएका थिए । उनले डेमोक्र्याट सांसदहरूले बजेट विनियोजनमा अवरोध सिर्जना गरिराखे आफूसँग यो विकल्प सुरक्षित रहेको बताएका थिए ।

बुधवार ट्रम्पले डेमोक्र्याटिक नेता- प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी र सिनेट में अल्पमतका नेता शक शुमसँग यसै विषयमा भएको बैठक बीचमै छोडेर बाहिरिएका थिए । त्यसको लगत्तै पछि उनले संकटकाल लगाउन सकिने प्रतिक्रिया दिएका थिए ।

बिहिबार टेक्सासमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने “मा आप्रवासन नीतिमा व्यापक हेरफेर गर्न चाहन्छु । यो काम जटिल छ । यो ३०-३५ वर्षदेखि चलिआएको काम हो र यसलाई पूर्णामा ल्याउन सीमामा स्थायी अवरोधक आवश्यक छ । हामीले छिटो भन्दा छिटो पर्खाल निर्माण गर्नका लागि सङ्कटकालको घोषणा गर्न सक्ने छौं ।” एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!