नेकपा सुदूरपश्चिम प्रदेशको बैठक शुरू, यस्तो छ कार्यसूची

कैलाली, पुष २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशको बैठक धनगढीमा शुरू भएको छ ।  प्रदेश कमिटीले पूर्णता पाएयता बसेको बैठकमा शपथ ग्रहण र प्रदेश इन्चार्ज तथा सहइन्चार्जले निर्देशन दिने कार्यसूची रहेको बताइएको छ ।

१७५ सदस्यीय प्रदेश कमिटीमा अधिकांश उपस्थित रहेको बोहोराले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी हुन् भने कमिटीको अध्यक्ष कर्णबहादुर थापा र सचिव नेपबहादुर थारू रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!