टी–२० मा पनि न्यूजिल्याण्डसँग हार्‍यो श्रीलंका

काठमाडौं, पुष २७ । न्यूजिल्याण्डमा भएकाे टी–२० प्रतियोगितामा पनि श्रीलंका घरेलु टोलीसँग हारेको छ । टस जितेर बलिङ रोजेको श्रीलंकाले १८० रनको लक्ष्य पाएको थियो । बलिङमा शुरुवात शानदार गरे पनि अन्तिममा आएर भने त्यही लय कायम राख्न सकेन ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७९ रन बनायो । उसका लागि डो ब्रास्वेलले सर्वाधिक ४४ रन बनाए । बलिङमा श्रीलंकाका कासुन रागीताले ३, कप्तान लासिथ मालिंगाले २, थिसरा परेरा र लक्षण संदाकनले समान एक-एक विकेट लिए ।

१८० रनको विशाल लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४४ रन बनाउन सक्यो । उसका लागि थिसरा परेराले सर्वाधिक ४३ रन बनाए ।

बलिङमा न्यूजिल्याण्डका लोकि फरगुसन र इस सोधीले समान तीन-तीन विकेट लिए । यसअघि श्रीलंकासँग भएको तीन एकदीवसिय खेलमा न्यूजिल्याण्ड ३– ० ले विजयी भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!