बीबीएलः अष्ट्रेलियामा सन्दीपको अभाव खड्कियो, मेलबर्नको लगातार हार

काठमाडौं, पुष २७ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्स आजको खेलमा पनि पाराजित भएको छ । आफ्नौ सातौं खेलमा मेलबर्न एडिलेड स्टाइकर्ससँग ४१ रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्टाइकर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । उसका लागि कोलिन इन्ग्रामले सर्वाधिक ५७ रन बनाए । बलिङमा सन्दीप आवद्ध स्टार्सका लाइम प्लङकेटले ४ र ज्याक्सन ब्रिडले एक विकेट लिए ।

१७९ रनको लक्ष्य पछ्याएको सन्दीपको टोलीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो । उसका लागि इभन गलबीसले सर्वाधिक ३७ रन प्रहार गरे । आजको पराजयसँगै सन्दीपको टोलीले ७ खेलमा ४ मा हार र ३ मा मात्र जित निकाल्न सफल भएको छ ।

मुख्य खेलाडी नहुँदा समस्या

मुख्य खेलाडी नहुँदा  मेलबर्न स्टार्स लगातार हार बेहोर्न बाध्य भएको छ । ग्लेन म्याक्सवेल (कप्तान), एडम जाम्पा, सन्दीप लामिछाने, मार्क स्टोइनसजस्ता स्टार खेलाडी टोलीमा नहुँदा अहिले स्टार्स कमजोर देखिएको हो ।

सन्दीप ४ खेल खेलेर बीपीएलका लागि बंगलादेशमा छन् । भने, बाँकी तीन (ग्लेन म्याक्सवेल, एडम जाम्पा र मार्क स्टोइनस) खेलाडी भारतसँग हुने एक दिवसीय सिरिजका लागि तयारी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!