नेकपाका नेता भरतमोहनको स्वास्थ्यमा सुधार

काठमाडौं, पुष २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ । गत सोमबार अचानक छातीमा समस्या (इन्फेक्सन) देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।

लामो समयदेखि दम र प्रेसरका साथै पिसाबमा समस्या देखिएका पूर्वउपप्रधान तथा अर्थमन्त्री अधिकारी ललितपुरस्थित निवासमै आराम गर्दै आएका थिए ।

अहिले चिकित्सक राजेन्द्रप्रसाद रिजाल नेतृत्वको टोलीले उपचार गरिरहेको छ । स्वास्थ्यमा क्रमशः सुधार देखिएकाले एकरदुई दिनभित्रै डिर्स्चाजको सम्भावना रहेको स्वकीय सचिव महेश बिष्टले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!