यूएइसँग भिड्नका लागि नेपाली टोली तयारीमा व्यस्त

काठमाण्डौं, पुष २७ । यूएईसँग हुने तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि नेपाली क्रिकेट टोली अभ्यासमा निकै व्यस्त भएको छ । माघ ११ गतेदेखि यूएईविरुद्ध नेपालले तीन एक दिवसीय सिरीज खेल्दैछ ।

त्यसका लागि अहिले नेपाली टोली टियू क्रिकेट मैदानमा तयारी गरिरहेको हो । पहिलो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकोमा १८ खेलाडी मैदानमा उपस्थित छन् ।

राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी अहिले अष्ट्रेलियामा रहेका कारण उनीहरुले उपस्थित हुन नसकेका हुन् । इनरुवामा जारी एक दिवसीय क्रिकेट छोडेर विनोद भण्डारी प्रशिक्षणमा फर्किएका छन् ।

त्यसपछि नेपालले तीन टी–२० खेलको सिरिज खेल्नेछ । हाल पहिलो चरणमा बोलाइएको २० खेलाडीबाट केही अभ्यास खेलपछि अन्तिम चरणमा १५ खेलाडी छनोट गरिनेछ । यूएईका लागि नेपाली टिम २२ जनवरीमा प्रस्थान गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!