नेपाली टोलीको शानदार जित, चीन १० विकेटले पराजित

काठमाण्डौं, पुष २८ । थाइल्याण्डमा भइरहेको टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।

थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । उसका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन् ।

जवाफमा नेपालले आठ ओभर चार बलमाबिना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!