एकदिवसीय शृंखलाः पाँच रन बनाउन नपाउँदै भारतले गुमायो ३ विकेट

काठमाडौं, पुष २८ । पहिलोपटक अस्ट्रेलियामा टेस्ट क्रिकेट शृंखला जितेर उच्च मनोबलमा देखिएको भारतले आजदेखि घरेलु टोलीसँग शुरु एकदिवशीय शृंखलामा अत्यन्त खराब प्रदर्शन गरेको छ ।

अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ५ रन बनाउन नपाउँदै महत्वपूर्ण ३ विकेट गुमाई सकेको छ । उसले ओपनर शिखर धवन र अम्बाती रायडू शून्य रनमा आउट भए । यस्तै, कप्तान विराट कोहली ३ रन मात्र बनाउँदै मैदान बाहिरिए ।

यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । उसका लागि पिटर ह्यान्सकम्बले ७३ रन बनाए । बलिङमा भारतका लागि भूवनेश्वर कुमार र कूलदिप यादवले समान दुई-दुई र रविन्द्र जडेजाले एक विकेट लिए ।

यसअघि भारतले अस्ट्रेलियासँग भएको टेस्ट शृंखला २-१ ले जितेको थियो । अस्ट्रेलियामा टेस्ट क्रिकेट खेल्न थालेको ७१ वर्षपछि भारतले त्यहाँ टेस्ट शृंखला जितेको हो।

यसै वर्ष एकदिवशीय विश्वकप पनि हुन लागेकाले विश्वका दुई महारथी टोलीबीच वर्षको सुरुवातमा हुन लागेको यस भिडन्तलाई चासोपूर्वक हेरिएको छ।

विश्वकपका पछिल्ला दुई संस्करणमध्ये भारतले सन् २०११ र अस्ट्रेलियाले सन् २०१५ मा उपाधि जितेको थियो। आगामी एकदिवशीय विश्वकप मे ३१ तारिखदेखि इङ्ल्यान्डमा सुरु हुँदै छ।

करिब दुई वर्षयता अस्ट्रेलियाले खेलेका २४ एकदिवशीय खेलमध्ये केवल तीनवटामा मात्र जित हात पारेको छ। गत वर्ष बल बिगारेको आरोपमा दुई महत्वपूर्ण खेलाडी डेभिड वार्नर र तत्कालीन कप्तान स्टिभन स्मिथलाई प्रतिबन्धका कारण गुमाएको अस्ट्रेलियाले त्यसयता कुनै पनि शृंखला जित्न सकेको छैन।

पछिल्ला पाँच एकदिवशीय खेलमा अस्ट्रेलियाले चार हार र एक जितको नतिजा निकालेको छ भने भारतले तीन जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ।

शृंखलाअन्तर्गत पहिलो खेल शनिबार सिड्नी क्रिकेट मैदानमा हुने छ। सिड्नीमा खेलिएको अन्तिम एकदिवशीय खेलमा भारतले अस्ट्रेलियालाई हराएको थियो। सन् २०१६ मा भएको उक्त भिडन्तमा भारतले तीन सय ३१ रनको लक्ष्य पुरा गरेको थियो। सिड्नीमा यी दुई टोलीबीच भएका पछिल्ला १६ एकदिवशीय खेलमा अस्ट्रेलियाले १३ जित र भारतले तीन जितको नतिजा निकालेको छ।

भारत र अस्ट्रेलियाबीच तीन खेलको शृंखला हुने छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!