मकर संक्रान्तिमा बिहानै गर्नुपर्ने ५ शुभकार्य

काठमाडौं, पुष २८ । पुस ३० गते राति सूर्यले आफ्नो राशि बदल्ने भएकाले भोलिपल्ट अर्थात माघ १ गते मकर संक्रान्ति मनाइन्छ । भारतीय ज्यातिषाचार्य पं. मनीष शर्माका अनुसार मकर संक्रान्तिमा अमृत सिद्धि, सर्वार्थ सिद्धि र रवि योग पनि रहन्छ । यी तीनै योग शुभ मानिन्छ र यसको पूजा–पाठ गर्दा शुभ फल प्राप्त हुन्छ ।

यो मकर संक्रान्तिमा सूर्य दक्षिणायनबाट उत्तरायण हुन्छ । सूर्य मकर राशिमा गएपछि मलमास समाप्त हुन्छ । जसको कारण मांगलिक कार्य फेरि सुरु हुन्छ । सूर्य जब मकर, कुम्भ, मीन, मेष, वृष र मिथुन राशिमा रहन्छ तब यो ग्रह उत्तरायण हुन्छ । भने सूर्य कर्कट, सिंह, कन्या, तुला, वृश्चिक र धनु राशिमा रहन्छ तब दक्षिणायन हुन्छ ।

मकर संक्रान्तिमा गर्नुस् यी काम

– मकर संक्रान्तिमा बिहानै छिटो उठेर नुहाउँदा सबै पवित्र तीर्थस्थल र नदिका नाम जप गर्नुपर्छ । यसले घरमा तीर्थ स्थानको पुण्य मिल्छ ।

– स्नान गरेपछि अम्खोरामा (लोटा) रातो फूल राखेर सूर्यलाई पानी चढाउँदा सूर्य मन्त्र ‘ऊँ सूर्याय नमः’ १०८ पटक जप गर्ने ।

– तुलसीमा जल चढाउने र परिक्रमा गर्ने ।

– मन्दिरमा गएर चाकु वा कालो तिल दान गर्नुपर्छ । साथै भगवान्लाई तिल–चाकुको लड्डु बनाएर भोग दिने र प्रसाद वाढ्ने ।

– कुनै पनि शिव मन्दिरमा जानुहोस् र शिवलिंगमा कालो तिल चढाएर जल अर्पण गर्नुहोस् । ऊँ सांब सदा शिवाय नमः मन्त्र जप गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्