पहिलाे एक दिवसीय खेलः अष्ट्रेलियासँग भारत ३४ रनले पराजित

 काठमाडौं, पुष २८ । अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय खेलमा भारत पराजित भएको छ । २८९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन मात्र बनाउन सक्यो ।

खराब शुरुवात गरेको भारतले ४ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । रोहित शर्मा र एमएस धोनीले इनिङ सम्हाले पनि धोनी आउट भएसँगै फेरि विकेटको पतन लगातार रह्यो ।

आज शिखर धवन र अम्बाती रायडूले खाता नै खोल्न सकेनन् । यस्तै, कप्तान विराट कोहली पनि सस्तैमा आउट भए । उनी ३ रनमै मैदान बाहिरिए ।

आज धोनीले ५१, रोहित शर्माले १३३, दिनेश कार्तिकले १२ रन बनाउँदै पभेलियन फर्किए । बलिङमा अष्ट्रेलियाका जय रिजर्डसनले ४, जोसन मेहन्ड्रोफ र मार्कक्यूस स्टोनीसले समान दुई-दुईदुई र पीटर सिड्डलले एक विकेट लिन सफल भए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभर खेलेर २८९ रन बनाएका थियो । उसका लागि उस्मान ख्जाले ५९, साउन मार्सले ५४, पिटर ह्यान्डसकम्बले ७३ र एमी स्टोनीसले (नटआउट) ४७ रन बनाए ।

यस्तै, एलेक्सी केरीले २४, कप्तान आरोन पिंचले ६, ग्लेन म्याक्सवेलले नट आउट ११ रनको योगदान दिए । बलिङमा भारतका भवनेश्वर कुमार र कुलदिप यादवले समान दुईदुई र रविन्द्र जडेजा एक विकेट लिए । भारत र  अष्ट्रेलियाबीच दोस्रो एक दिवसीय खेल मंगलबार हुनेछ ।

कमेन्ट गर्नुहोस्