पूर्वराष्ट्रपति भन्छन्, ‘निजी बन्द गरेर सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुध्रँदैन’

दाङ, पुष २८ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले निजी विद्यालय बन्द गरेर सामुदायिक विद्यालयको शैक्षिक अवस्था नसुध्रिने बताएका छन् ।

दाङमा शान्तिसुधा माध्यमिक विद्यालयको रजत जयन्तीलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले निजी क्षेत्रलाई नियमन गर्दै राज्य र समुदायको पहलमा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्नेमा जोड दिए । साथै, उनले नेपालको शिक्षा क्षेत्र सुधारको जिम्मा सरकार र स्थानीय समुदायले लिनु पर्ने बताए ।

८० प्रतिशत नागरिकले स्तरीय शिक्षा पाउने वातावरण नभएको भन्दै पूर्व राष्ट्रपति यादवले यसको सुधार गर्ने मुख्य जिम्मा राज्यको रहेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!