बीपीएलः सन्दीपको टोलीलाई पहिलो ओभरमै सफलता [LIVE]

काठमाडौं, पुष २८ । बंगलादेशमा भइरहेको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिल्हेट सिक्सर्सलाई पहिलो सफलता मिलेको छ । ढाका डाइनामाइट्सविरुद्ध खेलिरहेको सन्दीपको टोलीलाई पहिलो ओभरमै सफलता मिलेको हो ।

ढाका हज्रतुल्लाह जजाई पहिलो ओभरमै आउट भए । उनलाई सिहिल तनवीरले क्याच आउट गराए । सन्दीपको टोलीले तेस्रो खेल खेलिरहेको छ । आज उनी आवद्ध सिक्सर्सले टस हारेर बलिङ गर्ने मौका पाएको छ । यसअघिका दुई खेलमा स्थान पाएका सन्दीपले आज पनि पेलेइङ ११ मा अटाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!