बीबीएलः सन्दीपको टोलीलाई दोस्रो सफलता, सुनिल नारायन आउट [LIVE]

काठमाडौं, पुष २८ । बंगलादेश प्रिमियर लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली सिल्हेट सिक्सर्सलाई दोस्रो सफलता मिलेको छ । ढाका डाइनामाइट्सविरुद्ध खेलिरहेको सन्दीपको टोलीलाई आठौं ओभरमा सफलता मिलेको हो ।

आठौं ओभरको दोस्रो बलमा बिस्फोटक ब्याट्म्यान सुनिल नारायनलाई अलोक कपालीले आउट गरे । आठौं ओभर सकिदा सन्दीपले विकेट लिन सकेका छैनन् । सातौं ओभरमा बलिङ गरेका उनले ११ रन खर्चिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!