दुई किलो सुनसहित वडाध्यक्ष पक्राउ

सिरहा, पुष २८ । जिल्लाको लहान नगरपालिका–१९ का वडाध्यक्ष मोहम्मद हकिम सुनसहित पक्राउ परेका छन् । रियाजसहित ६ जनालाई सशस्त्र प्रहरीले पौने दुई केजी काँचो सुनसहित पक्राउ गरेको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको घुर्मीघाटबाट शनिवार बिहान उनीहरूलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिराहाले सुन सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मोहम्मद अमिरुल,मोहम्मद रियाज राइन, मोहम्मद कैयुम राइन, मोहम्मद रहमान र सप्तरी खड्ग नगरपालिका(३ का मोहम्मद अफोज पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट ६ थान हातमा लगाउने बाला र तीन थान सुनको बेरिएको पाता गरी १ किलो ७ सय ५७ दशमलव ७२ ग्राम काँचो सुन, ३४ हजार ५ सय रुपैयाँ नगद सहित ६ थान मोबाइल बरामद गरेको छ।

सशस्त्र प्रहरीले उनीहरू चढेर आएको बिआर ३२ पीए ४६४४ नम्बरको सेतो रङ्गको स्कार्पियो गाडी समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका मध्ये रियाज गाडी चालक हुन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!