आईसीसी वरियताः पारस खड्काको एक स्थान सुधार

काठमाडौं, पुष २८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) वरियतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले एक स्थान सुधार गरेका छन्।

आईसीसी अन्तर्गत टीट्वेन्टीतर्फ खेलाडी वरियताको ब्याटिङतर्फ कप्तान खड्काले एक स्थान सुधार गरेका हुन्। शुक्रबार आईसीसीले सार्वजनिक गरेको वरियताअनुसार कप्तान पारस एक स्थान सुधार गर्दै ९६ औं स्थानमा उक्लिएका हुन्।
उनी अघिल्लो महिनाको वरियतामा ९७औं स्थानमा थिए।

कप्तान पारस अलराउन्डरतर्फको बरियतामा भने यथावत रहेका छन् । बलरतर्फको बरियतामा समावेश रहेका अर्का नेपाली खेलाडी स्पिनर बसन्त रेग्मी भने ७४औं स्थानमा यथावत छन्।

नेपालले पछिल्लो लामो समय यता अन्तर्राष्ट्रिय टीट्वेन्टी प्रतियोगिता नखेले पनि अन्य देशका खेलाडीको प्रदर्शनका आधारमा नेपाली खेलाडीको वरियता बढ्ने र घट्ने हुँदै आइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!