बंगलादेश प्रिमियर लिगः आज पनि सन्दीपले विकेट लिन सकेनन्

काठमाडौं, पुष २८ । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिल्हेट सिक्सर्सले १७४ रनको लक्ष्य पाएको छ । ढाका डाइनामाइट्ससँग भइरहेको तेस्रो खेलमा सन्दीपको टोलीले १७३ रनको लक्ष्य पाएको हो ।

टस जितेर ब्याटिङ रोजेको ढाकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो । उसका लागि रोनी तालुकदारले सर्वाधिक ५८ रन प्रहार गरे । बलिङमा सिक्सर्सका टास्कीन अहेमदले ३, सोहिल तानबीर, अलोक कपाली र अलअमिन होसिनले समान एक विकेट लिए ।

सन्दीप महंगा
तेस्रो खेलमा पनि सन्दीपले विकेट लिन सकेनन् । उनी आज महंगा सावित भए । पहिलो खेलमा २ विकेट लिदैं १६, दोस्रो खेलमा २२ रन दिएका सन्दीपले आज भने बिनाविकेट ३३ रन खर्चिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!