शैक्षिक भ्रमणमा जांदा काभ्रेकि सुनमायाँ तामाङ बेपत्ता, खोजी गरिदिन परिवारको अनुरोध

काभ्रे,पुष २९। काभ्रेको मन्डनदेउपुर नगरपालिका स्थित श्री उमा शिक्षालय माबीमा कक्षा ५ मा अध्यनरत सुनमायाँ तामाङ गत शुक्रबार भक्तपुर बाट बेपत्ता भएकी छिन।

विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमण कार्यक्रममा सहभागी भएर शुक्रबार भक्तपुर पुगेकी ११ बर्सिए तामाङ भक्तपुरको पाँचतले मन्दिर परिसरबाट हराएपछी परिवारले उनको खोजी गरिदिन अनुरोध गरेका छन्।

मन्दिर परिसरको भ्रमण गराउने क्रममा सुनमाया हराए पछी भ्रमणमा सहभागी बिध्यार्थी र शिक्षकको सहयोगमा खोजी गरिएपनी फेला नपरेपछि उनको खोजी गरिदिन प्रहरीलाई समेत निवेदन दिइएको छ भने कोहि कसैले फेला पारेमा तामाङकि हजुरअामा९८०३२६७२४१ तथा बिध्यालयका प्रधानाध्यापक लाई ९८४१३८४२५९, ९८४१३७७३११०नम्बरमा सम्पर्क गर्ने समेत अनुरोध गरेका छन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!