स्केचमा भविष्य खोज्दै निरजः प्रियंका, सुमितदेखि इन्दिराको स्केच यस्तो छ (भिडियोसहित)

इटहरी, पुस २९ । बच्चा हुँदा हामीले पेन्सिल प्रयोग गर्दै विभिन्न चित्र बनाउँथ्यौं ।

त्यो बेलाको सिकाई र बिग्रँदा पनि खुसी हुँदाको आनन्द अहिले सम्झँदा निकै रमाइलो लाग्छ । त्यही बालापनको सिकाई अहिले पेशा हुन्छ भन्ने सोच धेरै कममा हुन्छ । तर, जसलाई प्रमाणित गरेका छन् निरज कुइँकेलले ।

उनले सो सिकाईलाई अहिले आफ्नो पेशाको रुपमा बदल्दै गएका छन् । सामाजिक सञ्जालमा स्केच बनाउँदै सार्वजनिक गरे पश्चात् सबैबाट तारिफ पाएपछी यसैलाई अघि बढाउने सोच रहेको निरज बताउछन् ।

नेपालमा कला भए सो लाई सकारात्मक प्रयोग गरेर बाच्न सकिन्छ । जसको उदाहरण बनेका छन् स्केच, आर्टिस्ट निरज । उनले नायिका प्रियंका कार्की, गायिका इन्दिरा जोशी, नेपाल आईडल २ का सेकेन्ड रनरअप सुमित पाठक लगायत थुप्रैको स्केच कोरेका छन् ।

यी सबैलाई पठाएपछि हेरेर सबैले तारिफ गरेको भएपनि ईन्दिराको स्केच भने अझैपनि उनको हातमा पुर्याउन नसकेको उनी बताउँछन् । स्केच बनाउन सुरु गरेदेखि उनलाई उनको कलाको सम्मान गर्दै पैसा तिरेर आफ्नो स्केच बनाउन सम्पर्क गर्छन् । नेपालमात्र होइन देशबाहिर रहेका नेपालीले पनि आफ्नो स्केच बनाउनको लागि सम्पर्क गर्ने गरेको निरजको भनाई छ ।

हेर्नुहोस उनीसँग उनको स्केचसहित गरिएको कुराकानी–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!