संघीय निजामती सेवा ऐन आइतबार लोकसेवा पठाउने तयारीमा

काठमाडौं, पुस २९ । कर्मचारी वृत्तमा सर्वाधिक चासो र चर्चाको विषय बनिरहेको संघीय निजामती सेवा ऐन आइतबार लोकसेवा पठाउने तयारी भइरहेको छ ।

सरोकारवाला मन्त्रालयका सचिवहरूबिच हिजो शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अबेरसम्म चलेको दफावार छलफलसँगै बाँकी रहेका विषयहरूलाई आज टुङ्गोमा लगाएर आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने र आजै परामर्शका लागि लोकसेवा आयोग पठाउने तयारी रहेको बुझिन आएको छ ।

‘हिजो छलफल हुन नसकेका विषयहरूमा आज टुङ्गो लगाएर आव बस्ने मन्त्रिपरिषदमा पेस गर्ने कुरा छ,’ उच्च स्रोतले भने, ‘सम्भवतः आजै मन्त्रिपरिषद्ले लोकसेवा आयोग पठाउने निर्णय गर्न सक्छ ।’ ‘प्रत्येक दफा दफामा छलफल हुने तथा उल्लिखित प्रावधानका फाइदा र बेफाइदाहरुबारे समेत एनालाइसिस गरेर अन्तिमरूप दिनुपर्ने भएकोले छलफलका लागि नै समय लागेको उनले बताए ।

शनिबारको छलफलमा कानुन, गृह, अर्थ, सामान्य प्रशासन, स्वास्थ्य, प्रधानमन्त्री कार्यालय लगायत मन्त्रायका सचिवहरूको उपस्थिति रहेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त संघीय निजामती सेवा ऐनमा हिजो भएको छलफलमा स्थानीय तह(प्रदेश(सङ्घको अन्तरसम्बन्ध, खुल्ला तथा अन्तर सेवा, वृत्ति विकास लगायत विषयले अलि बढी महत्त्व पाएको थियो । प्रशासनबाट

कमेन्ट गर्नुहोस्