किसान माइक्रोफाइनान्सले ४ हजार कित्ता शेयर बोलकबोलमा बिक्रीमा

काठमाडौं, पुस २९ । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले ४ हजार २८० कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको १८३ कित्ता र सर्वसाधारण तर्फको ४ हजार ९७ कित्ता लिलामी खुला गरेको हो ।

इच्छुक लगानीकर्ताले उक्त लिलामी शेयरमा माघ ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन् ।माइक्रो फाइनान्सको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय सिभिल मल सुन्धारा, तथा किसान माइक्रो फाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

यस्तै, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् । गत पुस २६ गते बिहीबार कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९२० रुपैयाँ रहेको छ ।

आवेदन गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम कित्तासमका लागि माग गर्न सक्नेछन् भने एक सय रुपैयाँदेखि बढाबढ मूल्यमा आवेदन गर्नुपर्ने छ। एक व्यक्ति तथा कम्पनीले एउटामात्र बोलपत्र पेश गर्न सक्नेछन् । किसान माइक्रो फाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म निष्काशन गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

सो समयमा अवितरित शेयर अहिले कम्पनीले लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

माइक्रोफाइनान्सले गत आवको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । ५० प्रतिशत हकप्रदलाई समेत प्रस्तावित बोनस रकम वितरण गर्दा २९ प्रतिशत बोनस १९।३३ प्रतिशतमा घट्नेछ। लिलामी सकार्नेले पनि बोनस पाउने छन् । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!