चितवनमा निर्धन लघुवित्त संस्थाद्वारा ‘व्यावसायिक तरकारी खेती तालिम’ सम्पन्न

काठमाडौं, पुस २९ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३१ जना सदस्यहरुको सहभागितामा गत पुस ११ गतेदेखि १३ गतेसम्म चितवन जिल्लाको चनौलीमा ‘व्यवसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको संस्थाका चनौली शाखाका प्रमुख हरिराम महतोले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु सुधीर श्रेष्ठ, बेद प्र.रेग्मी, इन्द्र शर्मा, माधव पौडेल, पूर्णिमा क्षेत्री, शिवराज पौडेल, धनबहादुर थापा, परमेश्वर चौधरी रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत परमेश्वर चौधरीले बताएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका चनौली शाखाका प्रमुख हरिराम महतोले प्रकाश पारेका थिए ।

तालिममा तरकारी खेतीको परिचय, महत्व तरकारी खेतीको लागि जग्ग छनोट, नर्सरी ब्यवस्थापन, जग्गा तयारी बीउ उपचार, बैमौसमी तरकारी खेती प्रविधि आवश्यकता, प्रयोग, फाईदा, बेफाईदा बारे जानकारी, विभिन्न तरकारीवाली समूहको खेती प्रविधिसम्बन्धी जानकारी, खेती गर्दा सिंचाईको अवस्था, विधि चाहिने मलखादको प्रयोग, वालीमा हानी–नोक्सानी गर्ने किराहरु, रोकथाम गर्ने तरिका, तरकारी बालीको उत्पादन, भण्डारण, बजारीकरणका तरिका, तरकारी खेती गर्दाको खर्च, आम्दानीको लेखाजोखासम्बन्धी विषयहरु तथा बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने चनौली शाखाका प्रमुख हरिराम महतोले बताएका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्थाहो । संस्थाले १८१ वटाशाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।

संस्थाले २०७५ मंसिर मसान्तसम्ममा ३ लाख ३३ हजार १४१ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ मंसिर मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५२ करोड ४३ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब ३३ करोड ४२ लाख बचत परिचालन गरेको छ । तरकारी खेती गरी रहेका र गर्न ईच्छुक संस्थाका सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका चनौली शाखाका प्रमुख हरिराम महतोले जानकारी गराएका थिए ।

तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी रिता थापा मगर, सहभागी भारती न्यौपानेले मन्तब्य राखेका थिए । व्यावसायिकरुपमा तरकारी खेती गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । तरकारी खेती गरी रहेका गर्न ईच्छुक संस्थाका सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका कार्यक्रम अधिकृत प्रमेश्वर चौधरीले जानकारी गराएका थिए । तालिमको संचालन चनौली शाखाका प्रमुख हरिराम महतोले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!