छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

रत्ननगर, पुस २९ । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

गैंडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

छात्राको संवेदनशील अंगमा पौडेलले हात पुर्याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटनाबाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् । उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ ।

पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!