किन ५ वर्षको बालक मित्रहाङलाई पशुसरह बाँधिएको रहेको छ ?

पाँचथर, पुस २९ । विगत लामो समयदेखि ओखलमा बाधिएका सुस्त मनस्थितिका बालक मित्रहाङ लिम्बुलाई पाँचथरबाट उद्धार गरी काठमाडौंको नयाँ जीवन नेपाल नामक सस्थाले नयाँ जीवन दिएको छ ।

पाचथरकी महिला सामाजिक अभियान्ता खुशी राईले बालकको उपचार गर्न चलाएको सामाजिक अभियानबाट बालकको वास्तविक अवस्था थाहा पाएपछि संस्थाले उद्धार गरेर काठमाडौं ल्याइएको सस्थाका अध्यक्ष राजन खनालले बताएका छन् ।

बालकलाई पशुतुल्य अवस्थामा राखिएको हृदय बिदारक पीडा खप्न नसकेकी सामाजिक अभियान्ता खुशी राईको पहलले बालकबारे जानकारी दिंदा आफूपनि भावबिव्हल भएको र जतिसक्दो चाँडो काठमाडौंं ल्याउने पहल गरिएको अध्यक्ष खनालले बताए ।

बालकको स्वास्थमा भएको समस्या कुनै रोगको कारण नभएर सारिरिक अवस्थाले नै भएको ले बालकलाई नयाँ जीवनमा फर्काउने दायित्व सस्थाले लिएको खनालले बताए । नयाँ जीवन नेपालमा आएको सुरुवाती दिनदेखि नै मित्रहाङमा ठूलो परिवर्तन देखिएको छ भने सस्थामा मित्रहाङले अध्यक्ष राजन खनाल र इन्चार्ज कबिता भण्डारी जस्ता कर्म पिता र माता को आत्मिय स्नेह प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!