कीर्तिपुरमा सरकारी गाडीले ठक्कर दिंदा एक घाइते

काठमाडौं, पुस २९ । कीर्तिपुरको नयाँ बाटोमा सवारी दुर्घटना हुँदा एक घाइते भएका छन् ।

कीर्तिपुरको नयाँ बाटो छिर्ने मोडमा आइतबार बिहान सवा ९ बजे सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् । पशुसेवा विभागको टोयटा गाडीले ठक्कर दिँदा चावहिल हाँडीगाउँ बस्ने १८ वर्षीय मोटरसाइकल चालक अंकित प्रजापति घाइते भएका हुन् ।

गाडीले ठक्कर दिँदा उछिट्टिएर उनी ढल छोप्न बनाएको स्ल्याबमा ठोक्किन पुगेका थिए।

उनलाई उपचारका लागि बल्खुस्थित बयोधा हस्पिटल लगिएको छ । उनको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । गाडी चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्