प्राइमसँग मर्ज हुनुअघि ओम डेभलपमेन्ट बैंकले बोनस बाँड्ने

काठमाडौं, पुस २९ । प्राइम कमर्सियल बैंकसँग प्राप्ति हुन तयार भएको ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई बोनस बाँड्ने भएको छ ।

गत पुस २७ गते सम्पन्न सञ्चालक समितिको १५९ औं बैठकले १२.७० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुने छ । अघिल्लो वर्ष बैंकले शेयरधनीलाइ १७.६९ प्रतिशत बोनस वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंकले प्राइमलाई एक्विजिसनका लागि सैद्धान्तिक सहमति पनि दिइसकेको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!