कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर विजयी

कैलाली, पुष २९ । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी भएका छन् । कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदमा कुँवरनेतृत्वको प्यानलका पदाधिकारी विजयी भएका छन् ।

कुँवर नेतृत्वको प्यानलको उद्योग उपाध्यक्षमा पुष्कर ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर, उपाध्यक्ष वाणिज्यमा गगन केसी विजयी भएका छन् ।

महासचिवमा कुँवर प्यानलकै ओम विष्ट र सचिवमा सिद्धराज पनेरु विजयी भए । तर कोषाध्यक्षमा भने रुपेश स्वाँर नेतृत्वको प्यानलका भीमराज ओझा विजयी भए । सदस्यमा मिश्रित परिणाम आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!