तीन महिनामै नतिजा सार्वजनिक

काठमाडौं, पुष २९ । निर्धारित समयमै परीक्षा नतिजा सार्वजनिक नगर्ने गरेको आरोप खेप्दै आएको त्रिभुवन विश्वविद्यालयले यो पटक भने परीक्षाको तीन महिनामै नतिजा सार्वजनिक गरेको छ ।

त्रिविले व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहको प्रथम सेमेष्टरको नतिजा त्रिविले तीन महिनामै सार्वजनिक गरेको हो । गत भदौ र असोज महिनामा लिएको परीक्षाको नतिजा अनुसार विद्यार्थीको औषत उत्तीर्ण दरमा पनि उल्लेख्य सुधार भएको छ ।

नतिजा अनुसार ८२ प्रतिशत भन्दा माथि विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । उपत्यका बाहिरका क्याम्पस÷कलेजहरुबाट ८७.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका र उपत्यका भित्रका क्याम्पसरकलेजहरुबाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्