प्रधानमन्त्री स्विट्जरल्यान्ड जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, पुष २९ । प्रधानमन्त्री केपी शर्मा ओली माघ पहिलो साता स्विट्जरल्यान्ड जाने भएका छन् । उनी वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन माघ ६ मा स्विट्जरल्यान्ड जान लागेका हुन् ।

फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ देखि माघ ११) सम्म स्विट्जरल्यान्डको डावोसमा हुने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना रहनेछन् ।

बैठकमा प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!