कतारमा वनभोजको रमाइलो  

दोहा,पुष २९।प्रदेश नं. ३ समन्वय परिषद कतारको आयोजनामा प्रथम वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कतारको समाल पार्कमा चर्चित लोक गायक प्रकाश कटुवालको बिशेष उपस्थितिमा शुक्रबार भब्यताका साथ सम्पन्न भएको हो ।

कतारमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न सम्पूर्ण नेपालीकाे बिच आपसि सदभाव, एकता, पारस्परिक-सहयोग, सहकार्य र भातृत्व अभिबृद्धि गर्दै परदेशमा पनि पारिवारिक बातावरणको महशुस दिलाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको प्रदेश नं. ३ समन्वय परिषदका अध्यक्ष समीर केसिले बताए ।

एनाआरएन आइसिसीका संस्थापक एवं पुर्व उपाध्यक्ष सागर नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रावासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, जनसम्पर्क समितीका कार्यबहाक सभापति शंकर न्यौपाने, एनआरएन एनसिसि कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल,प्रदेश नं. १ समन्वय परिषदका महासचिव टिएन बराल लगाएतले मन्तव्य राखेका थिए ।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

प्रदेश नं. ३ समन्वय परिषदका अध्यक्ष समीर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश तिवारी र संचालन महासचिव कबिन्द्र कडेलले गरेका थिए।

वनभोज संगैको साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरूले दोहोरी गीत, नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा सहभागिको सहजताको लागि कतारको विभिन्न ठाउँ बाट कार्यक्रम स्थल सम्म जाने आउने यातायातको व्यवस्था समेत गरेको कार्यक्रम संयोजक गणेश अधिकारिले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!