चलचित्र “कुलत” प्रदर्शनको तयारीमा

काठमाडौ,पुष २९।पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन लगभग ९० प्रतिशत सकिएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगालेका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति र इलामका कन्याम लगायत विभिन्न आकर्षक स्थानमा छायाङ्कन भइरहेको निर्माण टिमले जानकारी दिएको छ ।

कुलतमा फसेर पछि सुध्रेका र समाजमा उदारहणीय भएका युवा युवतीको जीवनीलाई चलचित्रमा उतार्न खोजीएको निर्देशक कसम खवासले जानकारी दिनुभयो । निर्देशक खवासका अनुसार युवायुवतीहरु अझ भनौ धनाड्य र लाउरेका परिवारका छोराछोरीहरु कसरी कुलतमा फस्छन् साथै ती मध्येका कोहि सुध्रीएर समाजमा राम्रा काम गरेको कथालाई दुरुस्त उतार्न खोजीएको छ । निकिता रसाइली र ज्ञानु श्रेष्ठले उक्त भुमिका निभाएका छन् ।

मान बहादुर साँवा, भरत राउत र मोहन लिम्बु चलचित्रको निर्माता रहेका छन् । छायाङ्कन नरेश चौधरीको रहेको छ । चलचित्रमा सुमन राई, मान बहादुर साँवा, दिलु लिम्बु, सुगम लिम्बु, विरेन साउदेन, निकिता रसाइली, सिसन लिम्बू ,सोनिया न्यौपाने, खुसी भुर्तेल, अमित लिम्बू र ज्ञानु श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

पौष महिनाको दोस्रो सातामा छायाङ्कन सकेर सम्दापन गरिने र नयाँ बर्षको उपलक्ष्यमा चलचित्र हलमा आउने निर्माण युनिटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!