कुवेतमा घरेलु मदिराको कारखाना चलाउने ४ नेपाली पक्राउ

कुवेत,पुष२९।कुवेतको जाबर अल-अहमद एरियामा मदिराको कारखाना चलाउने चार नेपालीलाई स्थानिय प्रहरीले आइतबार पक्राउ गरेको छ ।

उनीहरूका साथमा मदिरा बनाउन तयारी अबस्थामा रहेको कच्चा पदार्थ तथा तयारी अबस्थाको मदिरा समेत भारी मात्रामा पक्राउ गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

सूचनाको आधारमा सुरक्षा अधिकारीहरूले मदिराको भट्टीमा छापा मार्दा २ जना परूष र २ जना महिला पक्राउ परेका हुन ।  उनीहरुले मदिराको कारखाना नै संचालन गरि अत्याधिक मात्रामा मदिरा वनाउने र बेच्ने गर्दै आएको जनाइएको छ । प्रहरीले मदिरा बनाउने कच्चा पदार्थ साथै तयारी अवस्थामा रहेको मदिरा सहित पक्राउ  गरेको हो ।

कुवेतमा मदिराको कारोबार तथा उत्पादन गर्न निषेधित छ।केही समय अघि मात्रै पनि नेपालीहरु मदिरा तथा लागू औषधको अपराध पक्राउ परेका थिए । कुवेत सरकारले मदिरा, लागू औषध तथा वेश्यावृत्तिमा लाग्ने जो कोहिलाई पनि कडा कारबाही गर्ने नीति बनाएको छ।

कमेन्ट गर्नुहोस्