महिला टी–२० स्म्यासः युएईद्वारा नेपाललाई १०६ रनको लक्ष्य

काठमाडौं, पुष ३० । थाइल्याण्डमा भइरहेको थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको आजको नेपालले १०६ रनको लक्ष्य पाएको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनायो।

उसका लागि ईशा ओजाले २८, छाया मुगहालले ३१ चमानी सेनेभिराथानेले २३ रन बनाइन्। नेपालका लागि सिता राना मगर, सोनु खड्का र करूणा भण्डारीले १-१ विकेट लिए।

अघिल्ला दुई खेल जितेका दुबै टोलीले समान ४-४ अंक जोडेका छन् । आजको खेलमा जित निकाल्ने टोली सेमिफाइनलमा पुग्नेछ। पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्