हिमालमा गएर बिकिनीमा तस्वीर खिचाउने युवतीको चिसोले मृत्यु

एजेन्सी । कहिलेकाहीँ धेरै सौख र इच्छाले मानिसको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकी छिन् ताइवानी आरोही गिगी वु ।

सामाजिक सञ्जालमासमेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चित थिईन् । किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकिनी लगाएर तस्बिर खिचाउने गर्थिन् ।

उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गर्थे । ३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् ।

जुन बेला उनी लडेर घाइते भइन् । एउटा खोल्सामा खसेकी उनलाई चोट पनि लाग्यो । उनी खोल्सामा अड्किएपछि निक्लिन सकिनन् । त्यसपछि उनले साथीहरुलाई सेटलाइट फोनमार्फत आफुलाई मद्दत चाहिएको बताएकी थिईन् ।

लगत्तै उनको उद्धारको लागि हेलिकप्टर पनि पठाईयो तर मौसममा खराबी आएपछि हेलिकप्टर ल्याण्ड हुन सकेन फलस्वरुप २ डिग्री सेल्सियसको तापक्रममा उनी बरफ झै जमिन् ।

अन्तत उनको मृत्यु भयो । गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटिएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!