यस्तो छ स्वास्थ्यका लागि ल्वाङ खानुको फाइदा

– ल्वाङको बोटमा बासनादार फूल हुन्छ । जसलाई सुकाएर मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या समाधान गर्छ ।

– ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ ।

– ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पुर्याउँछ ।

– ल्वाङमा हुने पोटासियम र भिटामिन एको मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ ।

– ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ । ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने हुन्छ । त्यसैगरी, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ ।

कमेन्ट गर्नुहोस्