विराटनगरबाट पनि अब श्रम स्वीकृति  

काठमाडौं, माघ २३ । विराटनगरबाट पनि अब वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन थालिएको छ । श्रम तथा रोजगार कार्यालयबाट यो सेवा सुरु गरिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले धनकुटाको चौबीसे गाउँपालिका ५ का विजय खडकालाई श्रम स्वीकृति स्टिकर हस्तान्तरण गरेर सेवा सुरु गरेका हुन्।

खडका कतारमा दुई वर्ष वैदेशिक रोजगारी गरेर तीनमहिने छुट्टीमा घर बसी पुन जाने तयारीमा छन्। आफ्नै प्रदेशबाट श्रम स्वीकृति लिन पाउँदा काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको उनले बताए। यसबाट समय र खर्चसमेत जोगिएको उनको भनाइ छ।

याे पनि पढ्नुस  काठमाडौं नआई ६७ हजार युवाले पाए श्रम स्वीकृति

कमेन्ट गर्नुहोस्

error: Content is protected !!