फ्रान्समा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको गठन

फ्रान्स,माघ २६।विश्वव्यापी रुपमा आफ्नो शाखाहरु बिस्तार गर्दै अगाडि बढेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले अब फ्रान्समा पनि आफ्नो शाखा विस्तार गरेको छ।

यश अघि प्रविण सापकोटाको अध्यक्षतामा गठन भएको१८ सदस्यीय फ्रान्स तदर्थ समितिलाई गत बिहिवार संस्थाको युरोप क्षेत्रीय समिति अन्तर्गत रहेर कार्य गर्ने गरि ग्लोबल समितिले अनुमोदन गरेको हो।

नव गठिन समाजका पदाधिकारीहरुमा अध्यक्ष प्रविन सापकोटा,उपाध्यक्ष जगत बहादुर खड्का,महासचिब महेन्द्र अधिकारी र कोषाध्यक्षमा डुल्छेन लामा तामांग (सुरेश)रहेका छन्।

यस्तै सदस्यहरुमा घनश्याम पौडेल,किरण केसी,गीता खनाल थापा,आभास आचार्य,भूबन आले सुमन राई
मिली कोइराला,रिया गुरुङ (भानु),शर्मिला गुरुङ, सालु श्रेष्ठ,प्रतिमा खनाल,अन्जेश चुडाल,भिम राई र बिपुल छेत्री रहेका छन्।

नेपाली कला, साहित्य र संस्कृतिको उत्थान एवं कलाकार र साहित्यकारहरुको हितको लागि समितिले उल्लेख्य कार्य गर्ने बताउदै नव गठित इनास फ्रान्सका पदाधिकारी हरुलाइ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, ग्लोबल समितिका प्रबक्ता डा. रामकृष्ण निरौलाले सुभकामना व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्