मञ्चमै ढले गाउँपालिका अध्यक्ष

पाँचथर, माघ २६ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेर बेहोस भएका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेका हुन् ।

उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्‍याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको छ। उनी अचेत अवस्थामा रहेको स्थानीयले बताएका छन्। प्रारम्भिक उपचारमा उनको बीपी कम देखाएको स्थानीयले बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!