पूजाको तयारीमा लागेका शिक्षकको करेन्ट लागेर मृत्यु

धनगढी, माघ २६ । कैलालीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर सोही नगरपालिका–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु हो ।

जैशी आइतबार रहेको सरस्वती पूजाको तयारीका लागि हरियो बाँस काट्न गएका थिए। बाँस काटेर तान्दा बासले नाङ्गो तारमा छोएर उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका जैशीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्