सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत होइनः गगन थापा

गोरखा, माघ २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन्।

कांग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका हुन्।

अहिले आर्थिक जोखिममा परेको नेपाललाई आर्थिक जोखिमबाट मुक्त गर्नतर्फ सरकार लाग्नुपर्ने भए पनि सरकारको पहिलो प्राथमिकताको विषय अलग हुनु गलत भएको उनको भनाइ छ ।

नेता थापाले देशमा लगानीको उपयुक्त वातावरण अझै बन्न नसकेको भन्दै देशभित्रको उद्योगधन्दा र आर्थिक क्रियाकलाप चलायमान भए मात्र वैदेशिक लागनी भित्र्याउन सकिनेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्