सिरहामा बोक्सी आरोपमा जिउँदै जलाउने प्रयास

सिरहा, माघ २६ । सिरहामा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरी जिउँदै जलाउने गरिएको घटना बाहिर आएको छ । जिल्लाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी ४५ वर्षीया बौवावती महतोमाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको रहस्य बाहिर आएको हो । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै उनी कुटिएकी हुन्।

घरमा गाईबस्तुलाई घाँसपानी गरिरहेका बेला बिहीबार अपराह्न हुल बाँधर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित बौवावतीले बताइन्। कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा निलडाम पर्नुका साथै चोटपटक लागेको छ।

घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन। लिखित जाहेरी नआएको कार्यालको जिकिर छ।

स्थानीय अमिरी सदायका १९ वर्षीय छोरा सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदीबहिनी लगायतले लछारपछार पार्दै चौतारामा पुर्‍याई कुटपिट गरेको बौवावतीले सुनाइन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!