बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

याङिबाट मेलम्ची आउँदै गरेको बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २० मिटर तल खोलामा खस्दा बोलेरो चालक मेलम्ची नगरपालिका–७ का भीम रसायलीको घटनास्थलमै मृत्यु भएको मानेखर्क प्रहरी चौकीका प्रमुख रमेश महतले जानकारी दिए।

बोलेरोमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!