बजारमा सुनको भाउ जस्तातस्तै

काठमाडौं, माघ २७ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

शुक्रबार बजारमा सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आइतबार सुन तोलामा ६२ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुन तोलामा ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ६१ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७७५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्